२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा  जुवाको खालमा प्रहरीको छापा, ११ जुवाडे पक्राउ

२०७८ कार्तिक १६, मंगलबार प्रकाशित ( साल अघि) २८०८ पाठक संख्या

गैँडाकोट । नवलपुरको गैंडाकोट नगरपालिका- १० भैसाखोरी बस्ने ४७ वर्षीय डिल्लीराम सापकोटाको सोही ठाउँस्थित सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा डिल्लीराम लगायत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २५ हजार ३५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

नवलपुरको गैंडाकोट नगरपालिका वडा नं- १४ स्थित नारायण घर्तीको घरमा जुवा खेल्दै गरेको अवस्थमा ५ जना गरि ११ जुवाडे पक्राउ परेका हुन् ।

प्रहरीले नारायण घर्तीको घरमा जुवा खेल्दै गरेकाहरुको साथबाट १९ हजार ३ सय १५ रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो । पक्राउ परेका सवैलाई जुवा ऐन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

होटलबाट पक्राउ पर्नेहरु :-
१‍‍.गैडाकोट न.पा –१० बस्ने बर्ष ४७ को डिल्लीराम सापकोटा
२.ऐ बस्ने बर्ष ४९ को शंकर शर्मा ।
३.ऐ बस्ने बर्ष ३२ को ईश्वर क्षेत्री ।
४.ऐ बस्ने बर्ष ३३ को बोधराज खराल ।
५.ऐ बस्ने बर्ष ४३ को कृष्ण भुजेल ।
६.ऐ बस्ने बर्ष ३४ को मनोज गुरुङ ।

नारायण घर्तीको घरबाट पक्राउ पर्नेहरु:-
१. गैडाकोट न.पा- १४ बस्ने वर्ष २६ को मनिराज हमाल
२. गैडाकोट न.पा- १४ बस्ने वर्ष ५५ को राज कुमार श्रेष्ठ
३. गैडाकोट न.पा- १४ बस्ने वर्ष ५१ को नारायण घर्ति
४. गैडाकोट न.पा- १४ बस्ने वर्ष २५ को गणेश हमाल
५. गैडाकोट न.पा – १४ बस्ने वर्ष २५ को रविन सापकोटा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%१%२%४%७%

प्रतिक्रिया दिनुहोस