२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पनि धानमा क्षति: राहतको पर्खाइमा किसान

२०७८ कार्तिक १६, मंगलबार प्रकाशित ( साल अघि) ७०२ पाठक संख्या

कावासोती । यस वर्ष अविरल वर्षाले धानमा क्षति पुराएपछि अहिले कृषकहरु राहतको पर्खाइमा छन् । धान काट्ने समयमा अविरल वर्षा भएपछि अधिकांश कृषकहरुको काटेको धानमा पुर्ण क्षति भएको हो । यस वर्ष प्राकृतिक विपद ,बाढी ,पहिरो ,लामो समयको निरन्तर वर्षाले केही समय अघि नै अधिकांश क्षेत्रमा धान खेत वगाउने देखि धानबालीमा क्षति गरेको थियो । यसले कृषकहरुमा एकप्रकारको निराशा जगायो । तर अहिले पाकेको धाान काटेर खेतमा सुकाएको अवस्थामा पुन मौसम संक्रिय भइ अविरलल वर्षाले थप कृषकहरुमा पिडा माथि पिडा थपेको छ ।

“नवलपुर जिल्लाको तराइ क्षेत्रका कृषकहरु भन्छन् बाढीले बगाउन नसकेको धान अहिले आकाशे पानीले लग्यो । ”

कृषक फुलकुमारी जिसी भन्नुहुन्छ “आफनै अगाडि आकाशको पानीको भेलले खेतैभर पानीको ताल परेर धान सवै कुहियो , धान घर सम्म ल्याउने अवस्थाको भएन ,खेतैमा धानको विउ उम्रिएछ ” धान बगाउनुको पिडा संगै धान कुहिनुको पिडा थपिएको उनी बताउछन् ।

टोला कुमारी जिसीको समस्या पनि त्यस्तै छ । “ मेला परमा गरि वर्षभरि खानका लागि लगाएको धान अहिलले आधा उत्पादन नै खेतैभरी झरेको छ । आफmनोे मेहेनत र परिश्रम लागेको छ , यस्तो अवस्था देख्दा मन नै भारी भएर आउछ । ”

अहिले चामल बन्ने धान हिलोमा पुरिएको छ । काटेको धान भिज्यो। नकाटेको ढल्यो। अब कति कुहिन्छन्। कतिबाट चामल झर्दैन, टोला कुमारीको मनमा यहि प्रश्न बारम्वार खड्किने कृषक टोला कुमारी जिसीको भनाई छ ।

कृषकहरू कतै बचेको धान अँगालोमा बोकेर तह लगाउन सुक्खा ठाउँ खोज्दैछन्। कोही खेतको हिलो कहिले जम्ला र ढलेको धान उठाउँला भनेर बसेका छन ्। व्यावसायिक खेती गर्नेहरू आर्थिक सङ्कटमा परेका छन्। अन्य किसान सरकारले राहत वा क्षतिपूर्ति नदिए वर्ष दिन कसरी गुजारा गर्ने भन्ने चिन्तामा छन् ।

कृषक चन्द्रहर महत्रा भन्नुहुन्छ “ यस वर्ष हामी कृषक निकै मार परेका छौ , लगाएको धानबाट अपेक्षा अनुसार फल लिन सकेनौ ,त्यसैले सम्न्धीत निकायलले क्षति पुगेको क्षेत्रको अवलोकन गरि राहत वितरण गरिदिन जोडदार माग गर्दछु । ”

कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा ४० हेक्टर क्षेत्रफलमा लगाएको धानमा क्षति पुगेको छ । भने देशको सातै प्रदेशमा गरी धानबालीमा ८ अर्व २६ करोड ८० लाख रुपैया बराबर क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले देखाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस