२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नियन्त्रण भएन स्कुल बसको गति, बढी स्पीडमा बस हाँक्दा विद्यार्थीहरु जोखिममा

२०७८ कार्तिक १५, सोमबार प्रकाशित ( साल अघि) २४२९ पाठक संख्या

विवेक भण्डारी

नवलपुर । विद्यालयका बालबालिका ओसार्न प्रयोग गर्ने पहेला बसहरुको गति नियन्त्रण नहुँदा जोखिम बढेको छ । नवलपुरका विद्यालयका साथै छिमेकी जिल्ला चितवन र रुपन्देहीमा विद्यालयका विद्यार्थी ओसार्न प्रयोग गरिने बसका चालकलाई विद्यालय बसको मापदण्डबारे जानकारी नहुँदा जोखिम बढेको हो ।

सरकारले विद्यार्थी ओसार्ने बसलाई चालीसभन्दा बढी स्पीडमा हाँक्ने अनुमति नदिएपनि प्राय बसको गति नियन्त्रणमा देखिदैन । विद्यालयहरुले पनि विद्यालयको भौतिक विकासमा मात्र ध्यान दिने तर सवारीसाधनमा खासै चासो नदिँदा जोखिम बढेको हो । विद्यालय र यसबारे अनुगमन गर्ने जिम्मा पालिकाहरुलाई रहेको हुँदा पालिकाले अनुगमन गरे पनि सवारीको विषयमा भने ध्यान नदिएको शिक्षा समन्वय इकाइका प्रमुख कृष्णचन्द्र पोखरेलले जानकारी दिनुभएको छ ।

जिल्लाका विद्यालयमा रहेका पहेला बसहरुमा सामान्य मापडण्ड पनि अपनाउन नसकेको र यसको अनुगमनमा आफुहरु लाग्ने उहाँको भनाई छ । विद्यालयमा सिमित बसका कारण बसहरुको गति बढी नै हुने गरेको देखिन्छ । तर विद्यालयका प्रधानाध्यापकहरुले भने चालकलाई सवारी हाँक्ने मापदण्डबारे जानकारी गराउने गरेको दाबी गर्छन् ।

यसो त विद्यालयले प्रयोग गर्ने पहेला बसमा बसको क्षमता हेरी २० देखि २५ जना विद्यार्थिहरु राख्न मिल्ने व्यवस्था छ तर एकै पटकमा धेरै विद्यार्थिहरु ओसान होडका कारण साना विद्यार्थीहरुलाई समस्या हुने गरेको अभिभावको गुनासो छ । जिल्ला शिक्षा समन्वय समिति नवलपुरका अनुसार जिल्लामा ३ सय १४ सामुदायिक र ९३ निजी विद्यालयहरु सञ्चालनमा रहेका छन् । शिक्षा समन्वय समितिले हालसम्म १६ वटा पहेला बस सिफारिस गरेका सवारी छन् ।

यस्तै जिल्लाका सामुदायिक विद्यालयमा सिफारिस बाहेकका २६ वटा पहेला बसले विद्यार्थी ओसार्ने गरेको तथ्याङ छ । विद्यालय प्रशासनले विद्यालयको भौतिक विकासमा मात्र ध्यान पुर्याउदा यस्ता गम्भीर प्रकृतीका विषयमा भने ध्यान पुर्याउन सकिरहेका छैनन् । अहिले सम्म यो विषयमा न त जिल्ला शिक्षा समन्वय इकाइ समितिको ध्यान जान सकेको छ, नत विद्यालयको ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%१%१%१%३%

प्रतिक्रिया दिनुहोस