२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा तासको खालबाट १ लाख ८९ हजार सहित ८ जना पक्राउ

२०७८ कार्तिक १५, सोमबार प्रकाशित ( साल अघि) ४५१३ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोट नगरपालिका- १ मिलन टोलबाट ८ जना जुवाडे पक्राउ परेका छन् ।

आइतबार दिउँसो ३ बजेको समयमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नवलपुर प्रहरीले पक्राउ गरेको हो ।

गैंडाकोट नगरपालिका- १ मिलन टोल बस्ने ओम ढकालको घरबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय भिम लाल शर्मा लगायत ८ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ३ सय ८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १ सय २५ बमोजिम कुुसुर अन्तर्गत अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१६%१%१२%७%४%

प्रतिक्रिया दिनुहोस