२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

त्रिभुवनटारमा  सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा  

२०७८ कार्तिक १४, आईतबार प्रकाशित ( साल अघि) १३९२ पाठक संख्या

कावासोती । सिटिजन्स बैङ्कले कावासोती नगरपालिका वडा नम्बर १४ त्रिभुवनटार स्थित नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ सेवाहरुको संख्या ११२ पुगेको जनाएको छ ।

नयाँ शाखा रहित बैंकिङ सेवाको कावासोती १४ का वडाध्यक्ष जितबहादुर महतो र सिटिजन्स बैङ्कको गण्डकी प्रदेशका प्रमुख बिनोद भण्डारीले संयुक्त रूपमा उद्घाटन गरे।

Received_271002108287604

शाखा रहित बैंकिङ सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन्।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, विभिन्न सेवा प्रदायकको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने सिटिजन्स बैङ्क कोल्हुवा शाखाका प्रबन्धक हरि प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Received_987767198466679

कृषि तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि सिटिजन्स बैंकले ती स्थानहरुमा शाखा रहित बैंकिङ सेवा सुरु गर्ने गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%१%१%

प्रतिक्रिया दिनुहोस