२०८२ श्रावण २०, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा सामुदायीक कुकुरका लागि निःशुल्क ‘बन्ध्याकरण’

२०७८ कार्तिक १४, आईतबार प्रकाशित ( साल अघि) १५९३ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकामा रहेका सामुदायिक कुकुरहरुका लागी निशुल्क बन्ध्याकरण शिविर संचालन गरिएको छ ।

सामुदायिक कुकुहरुका कारण राजमार्ग तथा अन्य सडकहरुमा दुर्घटना बढ्ने, रेविज रोग फैलिन सक्ने भएकोले बन्ध्याकरण अभियान संचालनमा ल्याएको पशु सेवा शााखाका प्रमुख ज्ञान प्रसाद भट्टराईले बताउनुभयो ।

FB_IMG_1635662926565

भट्टराईका अनुसार पहिलो पटक नगर भित्र रहेका सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण शिविर संचालन गरिएको हो । हाल १ सय २५ कुकुरको बन्ध्याकरण गरिने बताउदै आगामि दिनमा पनि यस्ताखालका कार्यक्रम प्राथामिक्तामा राख्दै अगाडि बढाउने भट्टराईले बताउनुभयो ।

1111111111111111

कुकुरको जनसंख्या वढ्न नदिन तथा उचित ब्यवस्थापन गर्दे कुकुरको संख्या घटाउन भन्दै नगरमै पहिलो पटक विशेषज्ञ सेवा सहित शिविर संचालन गरिएको शिविर प्रभाबकारी हुने कृर्षि तथा पशु संयोजक कुल वहादुर गुरुङले बताउनु भयो ।

Received_278401080831448

कार्यक्रममा प्रमुख अतिथि रहनु भएको वडा नं ७ का वडा अध्यक्ष अमृत ज्ञावलीेले शिविर नगरकै सबै कुकुरलाई आवश्यक रहेको बताउदै आफ्नो क्षेत्रबाट आफु सधै तत्पर रहेको बताउनु भयो ।कृर्षि तथा पशु संयोजक कुल वहादुर गुरुङलेको अध्यक्षतामा भएको हो । बन्ध्याकरण डाक्टर अर्जुन अर्यालको टोलीले गराएको छ ।

FB_IMG_1635662909863

शिविर संचालनका लागी ५ लाख बजेट विनियोजित गरिएको बताइएको छ । नगर पशुसेवा शाखाले यस अगि गाई तथा भैँसीहरुलाई चरचरे तथा भ्यागुते रोग बिरुद्ध खोप र खाँसका विरुवाहरु वितरण गरेको थियो । अव पशुहरुका लागी खोरेतको खोप योजना ल्याएको बताएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%२%२%२%

प्रतिक्रिया दिनुहोस