२०८१ जेष्ठ ३, बिहिबार
नयाँ
पछिला अपडेट

चोरमारामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

२०७८ कार्तिक १४, आईतबार प्रकाशित ( साल अघि) ३६०६ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दु ७ चोरमारामा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाईते भएका एक युवकको निधन भएको छ ।

मोटरसाईकल दुर्घटना हुँदा घाईते भएका चोरमारा निवासी ३० बर्षीय नेत्र बहादुर मिधुनको मृत्यु भएको हो ।

गण्डकी प्रदेश ००१–०४ प २७४८ नम्बरको मोटरसाईकल चोरमाराबाट अम्रसा जाने क्रममा बाटोमा रुखमा ठोकिएर दुर्घटना भएको तम्सारिया प्रहरी चौकीले जनाएको छ ।

दुर्घटना लगतै प्रहरीले उद्वार गरि मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%२%२४%१%

प्रतिक्रिया दिनुहोस