२०८१ जेष्ठ ३, बिहिबार
नयाँ
पछिला अपडेट

रेडियो सान्भीले म्युजिक अवार्ड २०७८ आयोजना गर्ने

२०७८ कार्तिक १४, आईतबार प्रकाशित ( साल अघि) ९७७ पाठक संख्या

काठमाण्डौ । वीरगञ्जबाट प्रसारण हुदै आइरहेको पिसि मिडियाद्धारा सञ्चालित रेडियो सान्भीले म्युजिक अवार्ड २०७८ आयोजना गर्ने भएको छ ।

कार्तिक ९ गते नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै रेडियो सान्भीका कार्यक्रम संयोजक तथा समाचार प्रमुख दिपक गौतमले जानकारी दिनु भयो ।

गौतमले संगितमा आफनो भविष्य खोजि रहेका स्थानीय कलाकारहरुलाइ प्रोत्साहन गर्ने हेतुले रेडियो सान्भीले प्रथम पटक म्युजिक अवार्ड २०७८ गर्न लागेको बताउनु भयो । यसैगरी स्थानीय कलाकार अजमत अलिले, रेडियो सान्भीले आयोजना गर्न लागेको म्युजिक अवार्ड कार्यक्रमले कलाप्रेमीहरुलाई उत्साहित बनाएको बताउदै निरन्तरताको लागि आग्रह समेत गर्नु भएको थियो ।

स्थानीय क्षेत्रका परिचित कलाकार सुनिल पण्डितले, अवार्ड कार्यक्रमले कलाकारहरुमा उर्जा थप्ने धारणा राख्नु भएको थियो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले सान्भी रेडियोले प्रथम पटक म्युजिक अवार्ड कार्यक्रम गर्न लागेकोमा शुभकामना दिदै गीत संगीत र कलाकार एकआपसमा जोडिएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा आफनो धारणा राख्दै चलचित्र पत्रकारसंघ पर्साकी अध्यक्ष निलिमा पौडेलले, अन्य जिल्लामा रहेका रेडियोहरुले जस्तै वीरगञ्जमा रेडियो सान्भीले पहिलो पटक म्युजिक अवार्ड गर्न लागेको र सो अवार्ड कार्यक्रममा आफूहरुले सक्दो सहयोग र साथ दिने प्रतिबद्धता जनाउनु भयो । पत्रकार सम्मेलनमा चलचित्र पत्रकारसंघ पर्साले म्युजिक अवार्डमा प्राबिधिक सहयोग गर्ने भनी रेडियो सान्भीका बिच गरेको सम्झौता आदानप्रदान गरिएको थियो ।

रेडियो सान्भीका स्टेशन म्यानेजर सतेन्द्र यादव र चलचित्र पत्रकारसंघ पर्साकी अध्यक्ष निलिमा पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नु भएको हो । रेडियोले सामाजिक कार्यमा पनि अग्रसरता देखाउँदै आएको छ , कोरोना भाइरसको महामारीमा पनि विभिन्न संघ संस्थाहरुलाई सेनेटाइजर, मास्कसहितका स्वास्थ्य सामाग्री देखि खाद्यान्न सामाग्री समेत वितरण गरेको थियो ।

स्थानीय स्तरका कलाकारहरुलाई हौसला र प्रोत्साहन गर्ने र कलालाई देशैभर स्थापित गर्न सघाउने अभिप्रायले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने निर्णय गरेको रेडियो सान्भीका स्टेशन म्यानेजर सतेन्द्र यादवले बताउनुभयो ।  उक्त पत्रकार सम्मेलनको सहजीकरण सूर्य विश्वकर्माले गर्नुभएको थियो भने रेडियोसान्भीका कार्यक्रम संयोजक मुकलेश गद्दीले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ लाई सफल पार्नका लागि सबैलाई आआप्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गर्नु भयो ।

सांगीतिक क्षेत्रमा सुनौलो भविष्य खोजीरहेका स्थानीय स्तरका कलाकारहरुको कामको मुल्यांकन गर्दै विभिन्न १० विधामा उत्कृष्ट कलाकारहरुलाई सम्मानित गरिने आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस