२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

दोहोरी च्याम्पियन : स्याङ्जाका प्रकाश र दाङकी मीनाको जोडी विजेता

२०७८ कार्तिक १३, शनिबार प्रकाशित ( साल अघि) ७०८ पाठक संख्या

पोखरा । प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले दोहोरी च्याम्पियनको उपाधि जितेको छ । नेपाल टेलिभिजनको आयोजनामा र कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपालमै पहिलोपटक आयोजना गरिएको प्रतियोगिताको शनिबार पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकीको जोडीले उपाधि जितेको हो । विजेता जोडीले नगद २० लाख र रिलायन्स लाइफको तर्फबाट एक करोडबराबरको जीवन बिमा पाए ।

शोभा कार्की र बालचन्द्र बरालको जोडी दोस्रो भएको छ । दोस्रो भएको जोडीले नगद १० लाख र रिलायन्स लाइफको तर्फवाट ५० लाख रुपैयाँबराबरको जीवन बिमा पुरस्कार हात पारेका छन् ।

सविन आचार्य र रिता राउतको क्षेत्रीको जोडी तेस्रो र मिना नेपाल र राजेन्द्र पाठकको जोडीले सान्त्वना स्थान हात पारे । विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गरे ।

कार्यक्रमको समापन गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले पहिलो दोहोरी च्याम्पियनको सफलतासँगै दोस्रो सिजनसमेत सञ्चालन गर्ने घोषणा गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस