२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

तिब्बती शरणार्थीमा आधारित ´दुङाल` सार्वजनिक

२०७८ कार्तिक १३, शनिबार प्रकाशित ( साल अघि) ११६६ पाठक संख्या

काठमाडौ । तिब्बती शरणार्थीहरुको जीवन संघर्ष  मा आधारित मालिका केशरीको  दुङाल उपन्यास सनिवार सार्वजनिक भएको छ।

उपन्यास सार्वजनिक कार्यक्रम इतिहासकार एवं सस्कृतीविद रमेश ढुङेलले, दुङाल कृतिले सुस्ताएको राजनीति , सस्कृतिक र संबेदनसिल मुद्दालाई उजिल्याएको बताउदै अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद भएमा यसको महत्त्व झनै बढ्ने जिकिर गर्नु भयो ।

Received_2256336461186725

यसैगरी राष्ट्रिय मानव अधिकार आयोगकी पुर्व आयुक्त मोहना अन्सारीले, दुङालमा शरणार्थीहरुको यथार्थ जीवन चित्रण गरिएको बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङका अध्यक्ष विपुल पोखरेलले , दुङालले सडकमा आउन नसकेको शरणार्थीको समस्यालाई साहित्यको माध्यमले अघि आएकोमा खुशी व्यक्त गर्दै पाठकले दुङाल प्रती अपन्त्व देखाउने र यसको बिक्रीवितरण राम्रो हुनुको साथै सफल उपन्यास हुनेू बताउनु भयो ।

कार्यक्रममा तिब्बती शरणार्थी टासी छिरिङले , दुङालमा आफ्नै जीवन कथा भेटिएको र यश उपन्यासले शरणार्थीको समस्यालाई मानव अधिकारको दृष्टिले हेरियोस भनेर उपन्यास बोलेकोमा खुशी व्यक्त गर्नु भयो ।

उक्त उपन्यास सार्वजनिक कार्यक्रममा सन्चारकर्मी राजकुमार बानियाले , दुङालले शरणार्थीको मुद्दालाइ वैश्विक दृष्टिकोणबाट  उठाएकोू बताउनु भयो ।
कार्यक्रममा उपप्राध्यापक टिएन भटट बिश्वामित्रले ,दुङाल औपन्यासिकताको दृष्टिले सफल रहेको  टिप्पणी गर्नु भयो । लेखक मालिका केशरीले , आफूले बाल्यकालमा देखेका पात्रहरुलाइ आख्यानमा समेटेकोू बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस