२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

प्रगतिनगर बजार व्यवस्थापन समिति भवनको समुद्घाटन

२०७८ कार्तिक १२, शुक्रबार प्रकाशित ( साल अघि) ११८३ पाठक संख्या

देवचुली, 

पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १५ प्रगतिनगर बजार व्यवस्थापन समितिको नव निर्मित भवनको समुद्घाटन गरिएको छ । शुक्रबार देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा नव निर्मित भवनको समुद्घाटन गरिएको हो ।

No description available.

प्रगतिनगर बजार व्यवस्थापन समिति र नवप्रगति युवा क्लबको नाममा रहेको जग्गामा निर्माण भएको २ कोठे नवनिर्मित भवन प्रदेश सरकारको ५ लाख ७९ हजार ५ सय ३ रुपैंया, देवचुली नगरपालिकाको ९ लाख ६७ हजार ७ सय २५ रुपैंया, वडा नं १५ को ७ लाख ७७ हजार ७ सय ७ रुपैंया र अन्य संस्थाको गरि करिब २५ लाख १२ हजार ९ सय १८ लागतमा सम्पन्न भएको छ ।

 

No description available.

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका देवचुली नगरपालिकाका नगरप्रमुख श्रेष्ठले प्रगतिनगर बजार व्यवस्थापन समितिको भवन शिलान्यास आँफैले गरेको र समुद्घाटन पनि आफैँले गर्न पाउँदा खुशी व्यक्त गर्नुभएको थियो । साथै भवन पूर्णरुपमा निर्माण सम्पन्न गर्न देवचुली नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

No description available.

कार्यक्रममा नवप्रगति युवा क्लबका अध्यक्ष रोशन कुमार राउतले प्रगतिनगर बजारमा कुनै कार्यक्रम आयोजना गर्नुपर्दा व्यवस्थित हल नहुँदा समस्या हुन्थ्यो अब भने प्रगतिनगर बजार व्यवस्थापनको आफ्नै भवन निर्माण पश्चात कार्यक्रमहरु गर्न सहज हुनेमा विश्वास लिनुभएको थियो । यसैगरि कार्यक्रममा देवचुली नगरपालिका वडा नं १५ का वडाध्यक्ष हरिभक्त भट्टराईले प्रगतिनगर बजारमा सामुदायिक भवन निर्माण पश्चात बजारले पूर्णता पाउने बताउनुभएको थियो ।

 

No description available.

कार्यक्रममा नेकपा एमाले देवचुलीका अध्यक्ष कृष्ण बहादुर केसी, भागीराथी आमा समूहका अध्यक्ष कृष्णदेवि शर्मा, प्रगतिनगर बजार व्यवस्थापन समितिका श्याम शर्मा भुसाल, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, प्रगतिनगर बजारका संस्थापक अध्यक्ष उत्तर कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रगतिनगर बजार व्यवस्थापन समितिका अध्यक्ष शिवलाल गैरेले नवनिर्मित भवनलाई थप व्यवस्थित गर्दै लैजाने र यस बजार क्षेत्रमा जुनसुकै कार्यक्रम गर्दा भवनको प्रयोग गरिने बताउनुभएको थियो । उहाँले भवन निर्माणमा सहयोग पुर्याउने सम्पूर्ण जग्गादाता, सहयोगीदातालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस