२०८३ भाद्र २३, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एक जना लागुऔषध सहित पक्राउ

२०७८ कार्तिक ९, मंगलबार प्रकाशित ( साल अघि) १०३५ पाठक संख्या

कावासोती । दाउन्नेवाट लागुऔषध सहित देवचुलीका एक युवक पक्राउ परेका छन् ।आज सोमवार अपरान्ह सडक चेकजाँचका क्रममा पैदल हिडिरहेका ति युवकलाई शंका लागि खानतलासी गर्दा उनको साथबाट नाईट्राभेट १५० ट्यावलेट बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा देवचुली नगरपालिका वडा नं। १६ का ३२ बर्षका जगतबहादुर सार्की छन् । उनी पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका थिए ।

विनयी त्रिबेणी वडा नं। २ स्थित दाउन्नेवाट उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दुम्किवास राखिएको छ । भोली जिल्ला प्रहरी कार्यालय ल्याएर थप कार्वाही अघि बढाईने जिल्ला प्रहरी कार्यालयका प्रवजक्ता डिएसपी दिलिपकुमार गिरीले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस