२०८३ भाद्र २६, शुक्रबार
नयाँ
पछिला अपडेट

मानव बेचविखनको आरोपमा दुई जना पक्राउ

२०७८ कार्तिक ९, मंगलबार प्रकाशित ( साल अघि) ११३४ पाठक संख्या

काठमाण्डौ । मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार कास्कीबाट दुइ जनालाइ पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामांग र बारा कोल्बी बस्ने वर्ष २६ का ऋषि भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

पोखरा महानगरपालिकाको लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उक्त स्थानबाट उद्दार गरिएका पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसैगरी पक्राउ परेकोहरुलाइ मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस