२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु एफएम सञ्चालक समितिको अध्यक्षमा पराजुली, महासचिवमा बस्ताकोटी

२०७८ कार्तिक ७, आईतबार प्रकाशित ( साल अघि) ९७४ पाठक संख्या

कावासोती । सामुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्ज को पाचौं अधिवेशनले जगन्नाथ पराजुली को अध्यक्षतामा सर्वसम्मत कार्यसमिती चयन गरेको छ । सामुदायिक सचेतना तथा सञ्चार प्रतिष्ठान नेपाल द्धारा सञ्चालित रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जको पाचौं अधिवेशनले पराजुलिको अध्यक्षतामा १३ सदस्य कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।

समितीको उपाध्यक्षमा पुरुषेत्तम पोखरेल, उपाध्यक्ष महिलामा यमकला बस्याल, महासचिवमा रमेश वस्ताकोटी, सचिवमा बिष्णुमाया ढकाल, कोषाध्यक्षमा बिष्णुप्रसाद पोखरेल, सह सचिवमा फुलकुमारी पुर्जा चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा कर्णेल धन वहादुर मास्की राना, महे्रन्द्र प्रसाद पोखरेल, झपेन्द्रश्वर भुसाल, अमृतकुमार श्रेष्ठ, वालकृष्ण घिमिरे, चोलाकान्त रेग्मी चयन हुनु भएको छ । त्यसैगरी प्रेमवहादुर राना को सयोजकत्वमा लेखा समिति चयन गरिएको छ । लेखा समितीको सदस्यहरुमा श्रीकृष्ण रेग्मी र रामचन्द्र भट्टराई सर्वसम्मत चयन हुनु भएको छ ।

नवनिर्वाचित कार्यसमितीलाई निर्वाचन समितीका संयोजक गुरु प्रसाद सुवेदिले विजयी भएको घोषणा गर्नु भएको थियो । यस अघि नवौं साधारण सभा एवं पाचौ अधिवेशनको उद्घाटन सत्र निवर्तमान अध्यक्ष कुल प्रसाद भुषालको अध्यक्षता एवम् समाजसेवि बिष्णु कुमार कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो अवसरमा सस्थालाई विशेष योगदान पुराउनु हुने सस्थापक अध्यक्ष दिर्घमान श्रेष्ण, पुर्व अध्यक्ष मदनभक्त अधिकारी, भोजराज दाहाल, बालकृष्ण पौडेल , भरत शर्मा पोखरेल, अमृत श्रेष्ठ , पुर्व कार्यकारी निर्देशक रमेश वस्ताकोटी , कार्यकारी निर्देशक बिष्णु गौडेल लाई सम्मान गरिएको थियो ।

त्यसैगरी साधारण सभाले कोषाध्यक्ष बिष्णु पोखरेलको लेखा प्रतिवेदन र महासचिव पुरुषेत्तम पोखरेलको प्रगति प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा वोल्दै समाजसेवि बिष्णु कुमार कार्किले रेडियोको माध्यमवाट समाजमा पुराएको योग्दानको चर्चा गर्दै आगामि दिनमा पनि समुदाय केन्द्रित कार्यलाई अगाडि वढाउन सुझाव दिनु भएको थियो । कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष वालकृष्ण पौडेल , भोजराज दाहाल , पत्रकार शिव लम्साल , जग्गनाथ पराजुलि लगाएतकाले वोल्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस