२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा बैंकिङ चेतनाका लागि सिटिजन्स बैंकले गर्यो घरदैलो कार्यक्रम

२०७८ कार्तिक ७, आईतबार प्रकाशित ( साल अघि) २५१८ पाठक संख्या

कोल्हुवा । सिटिजन्स बैङ्क कोल्हुवा शाखाले वित्तीय साक्षरता टेवा पु¥याउने उद्देश्यले घरदैलो कार्यक्रम आयोजना गरेको छ।

बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरता अभियानलाई निरन्तरता दिएको हो ।

हरेक नेपालीमा बैंकिङ्ग पहुँच भन्ने नारालाई आत्मसात ग्राहक वर्गहरुलाई खाता खोल्नमा अभिप्रेरित गर्ने तथा बैंक खाताको महत्व दर्शाउँदै सिटिजन्स बैङ्क कोल्हुवा शाखाले १ दिने घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

Ghar Dailo Photo 2_compress79

सो घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, बिद्युतीय माध्यमद्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने, बैंकिङ्ग प्रणाली मार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ्ग सेवा सम्बन्धी जनचेतना जगाउने काम गरिएको सिटिजन्स बैङ्क कोल्हुवा शाखाका प्रबन्धक हरि प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Ghar Dailo Photo_compress47

यो कार्यक्रम मार्फत अझ सरल र सहज तरिकाले ग्राहकवर्ग तथा सर्वसाधारण जनतामाझ पुगेर उहाँहरुलाई बचत गरी भैपरी आउँदा यसबाट हुने फाइदा, नयाँ प्रविधिको प्रयोग गरी बैंकिङ्ग करोवार गर्न जानेको अवस्थामा हुने सहजता तथा सहुलियतपूर्ण कर्जा लगायतका बारेमा समेत बिस्तृत रुपमा जानकारी गराइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%५%५%२%

प्रतिक्रिया दिनुहोस