२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा खोला र नारायणी नदीले बगाउँदा तीन जनाको मृत्यु

२०७८ कार्तिक ५, शुक्रबार प्रकाशित ( साल अघि) २३०५ पाठक संख्या

कावासोती । विनयी खोला र नारायणी नदीले बगाएर तीन जनाको ज्यान गएको छ ।

पाल्पाबाट नवलपुर आउँदै गरेका एक दम्पतीको विनयी खोलाले बगाएर मृत्यु भएको हो भने नारायणीमा नुहाउने क्रममा पिठौलीस्थित गंगाज्योति स्नानघाटमा एक बृद्धको ज्यान गएको नवलपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीका अनुसार विनयी त्रिवेणी गाउँपालिका – ५ , लालेपुच्छर बस्ने ५० वर्षीय रुक बहादुर चौहान र उहाँकी श्रीमती ४५ वर्षीय डकुमाया चौहानको विनयी खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पाल्पा माथागढी ७ बाट घर फर्कने क्रममा विनयी खोलाले बगाई बेपत्ता भएका दुवै जनाको शव आज दिउसो विनयी त्रिवेणी गाउँपालिका, कुसुन्डे र लालेघाट स्थित विनयी खोलाको बिच भागमा ढुङगामा अड्केको अवस्थामा शव फेला परको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

पाल्पामा समेत उनिहरुको घर रहेको र पाल्पाबाट नवलपुर फर्किने क्रममा गएराति उनिहरुलाई खोलाले बगाएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।

त्यस्तै बुटवल उपमहानगरपालिका बेलवास स्थायी घर भई आफन्तको बस्दै आएका ७८ बर्षीय मोहनलाल गैह्रेको नारायणी नदीमा डुवेर मृत्यु भएको हो ।

नारायणीमा डुवेर ज्यान गुमाएका गैह्रेका शव स्नानघाटदेखि ३ सय मिटर तल पिठौली घाटमा फेला परेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%४%११%

प्रतिक्रिया दिनुहोस