२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

बाढीपहिरो र डुबानमा परी हालसम्म १०१ जनाको मृत्यु, ४० जना घाइते

२०७८ कार्तिक ५, शुक्रबार प्रकाशित ( साल अघि) १०७० पाठक संख्या

काठमाडौं । सोमबारदेखि देशका विभिन्न भागमा भएको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालय समाचार कक्षले जनाएको छ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको हो ।

त्यसैगरी प्रदेश १ मा  १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीको कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् ।  त्यसैगरी १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । बाढी पहिरोको कारण १ हजार १ सय ७७ घर परिवार विस्थापित भएका छन् ।

जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस