२०७८ मंसिर १७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरका सिडिओ पंगेनी सहित पाँच राष्ट्रसेवक ईन्टीग्रिटी आईकनबाट सम्मानित  

२०७८ कार्तिक ३, बुधबार प्रकाशित ( महिना अघि) ३५१ पाठक संख्या

नवलपुर  ।  प्रतिकुल समयमा पनि नागरिकलाई चुस्तदुरुस्त सेवा प्रवाह गरेवापत पाँच राष्ट्र सेवकहरु ईन्टीग्रिटी आईकन २०२१ बाट सम्मानित भएकाछन ।

सम्मानित हुनेहरुमा नवलपुर जिल्ला नवलपरासी ( बर्दघाट सुस्ता पुर्व ) कि प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी , भेरी अस्पतालकि नर्सिङ अधिकृत शिला शर्मा , भाषा आयोग मातृभाषा शिक्षा शाखाका प्रमुख डा. लोक बहादुर लोप्चन , मकवानपुर गढी गाउँपालिकाका कृषि  अधिकृत चन्द्रकान्त चौधरी र भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतम हुनुन्छ ।

इमानदार राष्ट्र सेवकहरुको पहिचानको साथै राज्य सम्यन्त्र चुस्तरुपमा नागरिक समक्ष आउने उद्देश्यका साथ यस प्रकारको सम्मान अभियान सुरु गरिएको एकाउन्टबिलिटी ल्याब नेपालले जनाएको छ ।

साथै सन २०१४ मा नेपाल बाट सुरु यो सम्मान अभियान हाल बिश्वको १५ देशमा बिस्तार भैसकेको एकाउन्टबिलिटी ल्याब नेपाल बताउछ ।

Top 5 ALL Wall Np

मनमाया भट्टराई पंगेनी
आमाको सपना – छोरी ठुलो ओहोदामा पुगेर जिल्ला सम्हालोस्
मनमाया भट्टराई पंगेनीका हजुरबुबा गाउँका बुद्धिजिवी कहलिन्थे । बि।स। २०१० साल तिरको कुरा हो, मनमायाकी आमा सानै थिईन । उनले पढ्ने ईच्छा देखाईन् । मनमायाका हजुरबुबाले मनमायाकी आमालाई विद्यालय भर्ना गरिदिए । पढाई राम्रै चल्दै थियो । ४ कक्षाबाट ५ कक्षामा जाने बेलामा मनमायाकी आमाको भाई जन्मिए । अब उनले पढाई छोडेर भाईको हेरचाह गर्नुपर्ने भयो । त्यसै बेला उनको ठुलदाईलाई पढ्न बनारस पठाईयो । मनमायाकी आमाको पढाईमा त्यहीनेर पूर्णबिराम लाग्यो । उनको विवाह पनि नपढेकै व्यक्तिसँग भयो । त्यसमा पनि धेरै नै उमेरको अन्तर भएको व्यक्ति । छोरीको रुपमा मनमाया जन्मिईन । आफु पढ्न नपाएको कुराले जहिले पनि उनको मन पोल्दथ्यो । त्यसैले पनि उनी छोरीलाई धेरै पढाएर सरकारी सेवाको ठुलो ओहोदामा पुगेको हेर्न चाहन्थिन् । छोरीलाई पढाउन भनेजस्तो सजिलो थिएन । मनमायालाई कक्षा १ मा भर्ना गर्न उनकी आमाले साहुसँग ऋण लिएकी थिईन । उनकी आमाले त्यस बखत जिल्लाको बडा हाकिमको रवाफ देखेकी थिईन् । उनी छोरीले पनि जिल्ला सम्हालेको हेर्न चाहन्थिन् । मनमायाले पनि आमाको सपनालाई कमजोर बनाईनन् । १ कक्षा देखी १० कक्षा सम्म नै प्रथम भईन् । त्यस बापत कहिल्यै पनि शुल्क तिर्नु परेन । बि।स। २०५३ सालमा उनी अहेवको रुपमा सरकारी सेवामा प्रवेश गरिन् ।

पहिले स्वास्थ्य शिविरको बिरोध गर्ने समुदायका व्यक्ति पछि नियमित स्वास्थ्य जाँच गराउन स्वास्थ्यचौकी आउनथालेः

मनमायाको पहिलो पदस्थापन नवलपरासीको अरुणखोला स्थीत नयाँढोलानी उपस्वास्थ्य चौकीमा भयो । त्यतीखेर स्वास्थ्यचौकीमा कुनै पनि पूर्वाधार थिएन । पूर्वाधार निर्माण गर्न स्वास्थ्य निर्देशनालयले १० हजार रुपैयाँ दिएको थियो । ३ महिनामा उनले आवश्यक पूर्वाधार सहितको उपस्वास्थ्यचौकी तयार गरिन् । त्यसपछि स्वास्थ्य स्वयमं सेविकाहरूसँग मिलेर गाउँगाउँमा स्वास्थ्य जनचेतना फैलाउने काम गरिन् ।

त्यहाँ स्थीत तमास्पुर भन्ने गाउँमा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन खोज्ने व्यक्तिलाई धपाउने चलन थियो । मनमायाले पहिला समुदायका अगुवालाई सम्झाएर सचेतना कार्यक्रम देखी खोप अभियान र गर्भवती तथा सुत्केरी सेवा सञ्चालन गरिन् । विस्तारै गाउँनै पूर्ण खोपयुक्त भयो । गाउँमा स्वास्थ्य सिविरको विरोध गर्ने स्थानीयहरू नियमित स्वास्थ्य जाँच गराउन स्वास्थ्यचौकी जानथाले । कामको व्यस्तताले अरुदिन स्वास्थ्यचौकी जान नसक्नेहरू पनि आईतबार हाटबजार जाने निहुमा स्वास्थ्यचौकी जानथाले ।

भाषा सिकेर स्वास्थ्य सम्बन्धी जनचेतना
उनले अहेवको रुपमा ललितपुरको धापाखेल स्वास्थ्यचौकीमा २ वर्ष काम गरिन् । त्यहाँका बासिन्दाहरू नेवारी भाषा मात्र बोल्दथे, बुढापाकालाई सम्झाउन झनै गाह्रो हुन्थ्यो । महिलाहरू सुत्केरी गराउन स्वास्थ्यचौकी आउन पनि लजाउने भएकोले घरमै सुत्केरी हुनेहरुकोे संख्या धेरै थियो । उनले नेवारी भाषा सिकेर स्तनपान र संस्थागत सुत्केरी गराउनुको महत्वको बारे जनचेतना फैलाउन शुरु गरिन । बिस्तारै महिलाहरू स्वास्थ्य चौकीमा आउन थाले । स्वास्थ्य जाँच गराउन थाले र स्वास्थ्य चौकी आउँदा आफुमाथी हुने हिंसाबारे पनि सुनाउन थाले ।

बादी समुदायका महिलाको शसक्तिरणका लागि सर्वेक्षण
२०६३ सालमा उनले शाखा अधिकृतमा नाम निकालेर महिला विभागमा पदस्थापन भईन् । सिंह दरबार गेट अगाडी बादी समुदायले गरेको बिरोध कार्यक्रमले उनको मन छोएको थियो । विभागमा आईसकेपछि उनले यो विषयमा काम गर्नपाए हुन्थ्यो भन्ने लाग्यो । त्यो समुदायमा, विशेष गरेर महिलाको समस्या के हो रु भनेर अनुसन्धान गर्ने प्रस्ताव महानिर्देशक समक्ष पेश गरिन् । महानिर्देशकले उनिमाथी भरोसा गरे । उनले दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाँके जिल्लामा गएर तथ्यांक संकलन गरिन् । जम्मा १४३७ घरधुरी बादी समुदायको भएको पत्तालाग्यो । अध्ययनबाट उनीहरूलाई शसक्तिकरण पनि आवश्यक छ भन्ने देखियो । प्रतिवेदन मन्त्रालयलाई बुझाईयो । त्यसपछि बादी व्यवस्थापन समितिको स्थापना भयो । त्यो लगत्तै नेपाल सरकारले घर विकास कार्यक्रम र महिला शसक्तिकरणको कार्यक्रम पनि ल्यायो । त्यसपछिको प्रभावकारिता अध्ययन सर्वेक्षणमा, ति कार्यक्रममा सहभागि महिलाहरु विभिन्न संघ संस्थामा आवद्ध भएको, व्यवसाय गरिरहेको पाईयो ।

सेन्ट्रल फाईलिङ सिस्टमको कुशल कार्यान्वयन
२०७४ सालमा खुला प्रतिस्पर्धा मार्फत सह–सचिवमा नाम निकालेपछि उनले निजामती किताबखानाको महानिर्देशकको जिम्मेवारी पाईन् । त्यहाँको सबै भन्दा ठुलो समस्या फाईलहरू व्यवस्थित नहुनु थियो । त्यसको एउटा कारण, प्रविधिको समुचित प्रयोग नहुनु थियो भने, अर्को कारण केही कर्मचारीको फाईल छैन भनेर कामबाट पन्छिने बहाना थियो । उनले त्यो कुरालाई मध्यनजर गरेर सेन्ट्रल फाईलिङ सिस्टमलाई कार्यान्वयनमा ल्याईन । यसो गर्दा आ।व। २०७४÷२०७५ मा मात्र करिब ५ करोडको राज्यकोष असुली भयो । अहिले त्यो प्रणालीले निरन्तरता पाएको छ । त्यसरी हरेक व्यक्तिको विवरण सजिलै निगरानी गर्ने संयन्त्र निर्माण भएपछि गलत विवरण पेश गरेर राज्यकोष दोहन गर्ने प्रवृत्तीको अन्त्य भयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा दुई प्रमुख प्रयास

सुगम भित्रका दुर्गम क्षेत्रका महिलाको उद्दार
राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिलालाईमात्र सेवा दिईरहेको थियो । उनले सुगम भित्र पनि दुर्गम क्षेत्रका महिला यस कार्यक्रमबाट बञ्चित रहेको देखिन् । त्यसपछि त्यस्ता क्षेत्रको पहिचान गरी क्षेत्र विस्तार गरिन् । यसबाट सुगम भित्रका पनि दुर्गम क्षेत्रका विशेष गरेर जोखिममा रहेका गर्भवती महिलाहरुले सेवा पाउन थाले ।

मर्यादित महिनावारी” कार्यक्रमको आक्रामक कार्यान्वयन
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महाशाखा प्रमुखको रुपमा आउनु भन्दा पहिला नै लैंगिक समानता नीति बनेको थियो, तर कार्यान्वयनमा आएको थिएन । उनले त्यसलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याईन् । यो नीतिले हरेक नीतिलाई लैंगिक लेन्सबाट हेर्नथाल्यो । त्यसपछि “मर्यादित महिनावारी” कार्यक्रमलाई आक्रामक रुपमा कार्यान्वयनमा ल्याईन् र महिनावारी प्रतिको धारणा परिवर्तन गर्न “मर्यादित महिनावारी” कार्यविधि बनाउन अग्रणी भुमिका निर्वाह गरिन् ।

महिला प्रमुख जिल्ला अधिकारी कस्तो हुन्छ भनेर कार्यालयमा हेर्न आए..!!
उनी प्रमुख जिल्ला अधिकारी भएर नवलपुर गएपछि केही व्यक्ति उनलाई हेर्न नै आए । प्रमुख जिल्ला अधिकारी डरलाग्दो, मोटो जुंगा हुन्छ भन्ने मानसिकता बोकेका सेवाग्राही त्यतीखेर अचम्ममा परे, जब उनले साधारण मनमायालाई देखे । हेर्न आएका सेवाग्राही, प्रमुख जिल्ला अधिकारी त महिला, दुब्लो पातलो अनी साधारण पनि हुँदोरहेछ भन्ने बुझेर फर्किए ।

विकासमा प्रभावकारी अनुगमन
प्रमुख जिल्ला अधिकारीको भुमिकमा अहिले उनले “विकासमा सुरक्षा” नीति लिएर काम गरिरहेकी छिन् । उनले विकास निर्माणमा अनुगमनलाई प्राथमिकता दिएपछि अहिले जिल्लामा विकास निर्माणका कार्यहरूले तिव्रता पाएको छ । एक वर्षमा मात्र ७१५ सवारी साधनलाई कारवाही गरिएको छ । वार्षिक १५ लाख राजश्व उठ्ने ठाउँमा करिब २ करोड जती राजश्व संकलन भएको छ । होंसि सिमेण्टलाई विदेशी कम्पनी भनेर हरेक गाडीबाट सिमेण्ट लिएर जाँदा चालकलाई कब्जामा लिएर १००० रुपैयाँ असुली गर्ने प्रचलन थियो । उनले थाहा पाउने वित्तिकै पीडकलाई नियन्त्रणमा लिएर कारवाही गरिन् ।

हिंसा न्युनिकरणमा विद्यार्थी परिचालन
बढ्दो हिंसा टाउको दुखाईको विषय थियो । त्यसका लागि उनले विद्यार्थीसँग प्रहरी कार्यक्रम ल्याईन् । त्यसका लागि १५०० जना विद्यार्थीलाई आफैले हिंसा, अपराधका बारेमा सचेतना फैलाउन र खुलेर आवाज उठाउन तालिम दिईन् । घर समुदायमा कुनै घटना घट्यो भने प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न प्रोत्साहित गरिन । त्यसले बालबालिकालाई थप सामाजिक काम प्रति पनि चासो बढेर आयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस