२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

बाढी पहिरोको बितण्डा

२०७८ कार्तिक ३, बुधबार प्रकाशित ( साल अघि) ६०६ पाठक संख्या

काठमाडौ । आइतबार साझ देखी परेको अविरल वर्षाको कारण सुदुरपश्चिम प्रदेशको डोटी , बैतडी र डडेल्धुरामा १५ जनाको मृत्यु भएको छ ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दका अनुसार डोटीमा ९ जना , बैतडीमा ४ र डडेल्धुरामा २ जनाको बाढी पहिरोमा परेर मृत्यु भएको हो ।

त्यसैगरी प्रहरीका अनुसार  कैलाली र बझाङ जिल्लामा २८ जना बेपत्ता भएका छन  । बेपत्ता हुनेमा बझाङको थलारा गाउँपालिका ४ को डिख्लामा पहिरोले घर बगाउँदा  ४ परिवारका २३ जना , कैलाली नदिमा बगेर ४ र डोटीमा एक जना बेपत्ता भएका छन । पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

पुर्वी नेपालको अधिकान्श जिल्लामा केहि दिन देखिको अविरल वर्षाको कारण इलाममा ७, पाँचथरमा  छ , धनकुटामा  छ र सुनसरीमा दुई जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

साथै धान बालीमा समेत ठूलो असर पुगेको बताइएको छ । बाढी पहिरो र डुबान बाट मुलुकका १९ जिल्ला प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस