२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बस दुर्घटना हुँदा ४२ जना घाइते

२०७८ कार्तिक १, सोमबार प्रकाशित ( साल अघि) ६४४२ पाठक संख्या

कावासोती । महेन्द्र राजमार्गको अरुणखोलानजिक यात्रुवाहक बस अनियन्त्रित भएर पल्टिँदा ४२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणीबाट काठमाडौं हिँडेको लु १ ख ९४७६ नम्बरको बस सोमबार बिहान अरुणखोला र दुम्किबासबीचको जंगलमा पल्टिएको हो ।

बसमा सवार ४२ जनानै घाईते भएका हुन्। घाईतेहरू मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डा र ५ जनाको दुम्किबास पोलिक्लिनिकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२२%४%१०%४%९७%५%

प्रतिक्रिया दिनुहोस