२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा सिटिजन्स बैंकले आज देखी सामाजिक सुरक्षा भत्ता वितरण गदै

२०७८ कार्तिक १, सोमबार प्रकाशित ( साल अघि) १८९२ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिकामा कात्तिक १ गते अर्थात आज देखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लागेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को प्रथम त्रैमासिक मासिक भत्ता बैंक मार्फत वितरण गर्न लागीएको सिटिजन्स बैङ्क कोल्हुवा शाखाका प्रबन्धक हरि प्रसाद अधिकारीले सूचना मार्फत जानकारी दिनुभयो ।

सिटिजन्स बैङ्कको कार्यालय चौराहाबाट कात्तिक १ देखि १५ गतेसम्म वडागत रुपमा भत्ता वितरण गरिने भएको छ ।

कात्तिक १,२ र ३ गते वडा नम्बर २ का लाभग्राहीहरुलाई बितरण गरिने छ । त्यस्तै कात्तिक ४, ५ र ७ गते वडा नम्बर ३ , कात्तिक ८, ९ र १० गते वडा नम्बर ४ र  कात्तिक १२,१४ र १५ गते वडा नम्बर १ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने जनाईएको छ ।

त्यस्तै बैंकमा आउन नसक्ने ,अशक्त ,अपांग, बिरामी, ८० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै गई लाभग्राहीहरुलाई भत्ता वितरणगरिने भएको हुँदा घरपरिवारको व्यक्तिले बैंकमा सम्पर्क गरी भत्ताको कार्ड र चेक बुक उपलब्ध गराईदिनुहुन समेत बैंकले सम्बन्धित वडालाई आग्रह गरेको छ ।                                         हेर्नुहोस् सूचना

Screenshot_20211018 052018_Office

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%४%१%

प्रतिक्रिया दिनुहोस