२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

ओरालोमा ब्रेक नलाग्दा बस दुर्घटना, ३५ जना घाइते

२०७८ आश्विन ३१, आईतबार प्रकाशित ( साल अघि) १४२६ पाठक संख्या

सिन्धुपाल्चोकबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस सुनकोशी गाउँपालिका–७, पाँचकिलो भन्ने ठाउँ नजिक दुर्घटना भएको छ ।

ब्रेक फेल भएर बा २ ख ३२६४ नम्बरको बस आइतवार दिउँसो सवा २ बजे दुर्घटना भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

बसमा चालक, सहचालक गरी ३५ जना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डीएसपी दक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार दुई जनाको अवस्था गम्भीर भएकाले धुलिखेल पठाइएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

‘रिजर्भमा जाँदै गरेको बस ओरालोमा ब्रेक नलागेका कारणले दुर्घटना भएको भन्ने छ,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%७%

प्रतिक्रिया दिनुहोस