२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

ट्याँकरले ठक्कर दिदा कारमा सवार तीन जनाको मृत्यु

२०७८ आश्विन ३०, शनिबार प्रकाशित ( साल अघि) ८३१ पाठक संख्या

वीरगञ्ज – वीरगञ्ज पथलैया सडक खण्ड अन्र्तगत बाराको जितपुर सिमरा उमहानगरपालिकामा ट्याँकरले ठक्कर दिदा कारमा सवार तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार राति ११ बजेको समयमा जितपुर सिमरा उपमहानगरपालिका–२३ भलही स्थित ७५९४ नम्बरको टयाँकरले बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

ट्याँकरको ठक्करबाट कारका चालक भारत बिहार मोतिहारी निवासी ३४ वर्षका राजन सर्राफ, कारमा सवार २५ वर्षिय सुरज प्रसाद र कृत सिँहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुरे्न्द्र यादवले जानकारी दिए ।

दुर्घटनामा परी गम्भिर घाईते भएका सर्राफको अस्पताल ल्याउने क्रममा बाटोमा र अन्य दुई जनाको वीरगञ्ज स्थित नारायणी बयोद्धा अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए। मृतक मध्ये सर्राफको मात्रै ठेगान खुल्न सकेको तथा अन्य दुई जनाको ठेगाना खुल्न बाँकी रहेको यादवले बताए ।

ट्याँकरका चालक भने फरार भएको तथा उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस