२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु ,३ जना घाईते

२०७८ आश्विन २८, बिहिबार प्रकाशित ( साल अघि) ९३९ पाठक संख्या

नवलपुर । नवलपुरमा गएसाँझ मोटरसाइकल आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन । मृत्यु हुनेमा देवचुली नगरपालिका वडा नम्बर १ की नैना बस्ताकोटी रहेकी छिन ।

जिल्ला प्रहरी कार्यालय पूर्वनवलपरासीका अनुसार पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम गईरहेको लु २२ प ६७६९ नम्बर र विपरीत दिशा तर्फ जांँदै गरेको ०३–००३ प १५२६ नम्बरको आपसमा ठक्कर खांँदा उक्त दुर्घटना भएको थियो ।

घाईते मध्ये उपचारका क्रममा पुरानो मेडिकल कलेजमा नैना बस्ताकोटीको ६ः२५ बजे मृत्यु भएको हो ।

अन्य तीनजना घाईतेको उपचार भईरहेको छ । प्रहरीका अनुसार वाग्मती प्रदेश ०३–००३प १५२६ का चालक ज्ञानप्रसाद बस्ताकोटीको टाउको र बांँया खुट्टामा मध्यम चोट लागेको छ ।

अर्का लु २२प ६७६९ नम्बरका चालक कपिलवस्तु जिल्ला बुद्ध नगरपालिका वडा नम्बर २१ रञ्जित मल्लको अनुहारमा चोट लागेको छ भने सोही मोटरसाइकल पछाडि बस्ने रणदिप मल्लको अनुहारमा मध्यम चोट लागेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस