२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

मासु भाग लगाउने क्रममा विवाद हुँदा युवकको हत्या

२०७८ आश्विन २८, बिहिबार प्रकाशित ( साल अघि) १७२७ पाठक संख्या

काठमाडौँ । दसैँमा मासु भाग लगाउने क्रममा भएको विवादको क्रममा एक युवकको हत्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या भएको हो ।

फूलपातीको अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा बिक्रममाथि दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन्

यता, सल्यानको बनगार कुपिन्डे नगरपालिका-१० माझकाँडा बस्ने ३३ वर्षीय रुपलाल कवर मगरको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा उनकै बुवा ५६ वर्षीय निम बहादुर कवर मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । निम बहादुरले आफ्नै छोरालाई खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बनगार र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले निम बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस