२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

२०७८ आश्विन २७, बुधबार प्रकाशित ( साल अघि) १०९६ पाठक संख्या

काठमाडौँ – नेपाल पहिलाेपटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । बुधबार बेलूकी माल्‍दिभ्‍समा भएको खेलमा बंगलादेशसँग बराबरी खेल्‍दै नेपाल फाइनलमा पुगेको हो ।

पहिलो हाफमा १-० गोलले पछि परेको नेपाललाई फाइनल पुर्याउन अन्जन बिष्टले बराबरी गोल गरेका थिए । उनले खेलको ८८ औँ मिनेटमा गोल गर्दै नेपाललाई फाइनल पुर्याएका हुन् ।

बराबरीसँगै नेपालले राउण्ड रोविन लिगका आधारमा सर्वाधिक ७ अंक जोड्दै फाइनलमा स्थान बनाएको हो । यसअघि नेपालले श्रीलंका र माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो । आजको खेलमा बराबरी नतिजा निकालेको बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । फाइनल पुग्न आजको खेलमा नेपाललाई बराबरी नतिजा आवश्यक थियो ।

नेपालले अब उपाधिका लागि आयाेजक माल्‍दिभ्‍स र भारतबीचकाे विजेतासँग खेल्‍नेछ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल पहिलोपटक फाइनल पुगेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस