२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

मोतीपुर घटनामा ४९ सुरक्षाकर्मी घाइते

२०७८ आश्विन २५, सोमबार प्रकाशित ( साल अघि) १४५५ पाठक संख्या

बुटवल  — रुपन्देहीको निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जा गरी बस्नेहरु र सुरक्षाकर्मीबीच आइतबार झडप हुँदा ४९ सुरक्षाकर्मी घाइते भएका छन् ।

सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालका अनुसार रुपन्देहीका सशस्त्र प्रहरीप्रमुख राजेश उप्रेतीसहित १९ जना घाइते भएका छन् । विभिन्न अस्पताल र स्थानीय स्वास्थ्य चौकीमा घाइते सुरक्षाकर्मीको उपचार भइरहेको उनले बताए । यस्तै नेपाल प्रहरीका ३० जना सामान्य घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार प्रहरी र सशस्त्र प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा र पेट्रोल बमसमेत प्रहार गरेपछि बाध्य भएर सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको थियो । झडपका क्रममा प्रदर्शनकारीले असई विमला विश्वकर्मालाई केही घण्टा नियन्त्रणमा लिएका थिए ।

यसैबीच, गृह मन्त्रालयले घटनालाई गम्भीरताका साथ लिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख तथा प्रमुख जिल्ला अधिकारी तिवारीसँग घटनाबारे थप विवरण मागेको छ । आवश्यक परे जिल्लास्थित सुरक्षा प्रमुखलाई फिर्ता बोलाएर वैकल्पिक व्यवस्था गर्ने गरी छलफल अगाडि बढाइएको गृह स्रोतले बतायो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%५%८%३%

प्रतिक्रिया दिनुहोस