२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

खसी र बोकाको मुल्य प्रतिकेजी ६ सय ४०

२०७८ आश्विन २३, शनिबार प्रकाशित ( साल अघि) ८३४ पाठक संख्या

काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दसैँका लागि ज्‍यूँदो खसी र बोकाको मुल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ । कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मुल्यमा विक्री गर्ने तय गरेको खसी, बोकाको मुल्य दसैँका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा विक्री वितरण गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरूलाई आग्रह गरे। उनले खसी, बोकाको अभाव हुन नदिने प्रतिवद्धतासमेत जनाए।

कम्पनीले हाल २ हजार खसी, बोका विक्रीका लागि ल्याएको छ । तर ग्राहकहरूको चाप बढेकाले आवश्यक्ता अनुसार फेरि पनि खसी, बोका थप गरेर विक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाको भनाइ छ। दैनिक ५ सय वटा खसी, बोका विक्री वितरण हुने उनको अनुमान छ ।

यता ग्राहकहरूले पनि बजारमा भन्दा सस्तोमा खसी, बोका उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले खसी, बोका स्वस्थ रहेको र विक्री वितरणको व्यवस्था पनि गत वर्षको भन्दा सहज भएको प्रतिक्रिया दिए ।

कम्पनीले बिहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खसी, बोका विक्री वितरणको व्यवस्था मिलाएको छ । कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले ग्राहकहरुले उत्साही ढंगले खसी, बोका खरिद गरिरहेको बताए । उनले बजारमा भन्दा सस्तोमा पाइने हुनाले ग्राहकहरु कम्पनीमा खरिद विक्रीका लागि उत्साहका साथ आउने तर्क समेत गरे। कम्पनीले यस वर्ष दाङ र मकवानपुरबाट खरिद गरेर खसी, बोका ल्याइएको पनि जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस