२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

देवचुली वडा नम्बर दुईको कार्यलय उद्घाटन

२०७८ आश्विन २२, शुक्रबार प्रकाशित ( साल अघि) १०८० पाठक संख्या

बिबेक भण्डारी ।
देवचुली नगरपालिका वडा नम्बर २को वडा कार्यलयको उद्घाट गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि उक्त वडा कार्यलयको उद्घाट गरिएको हो । वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

वडा कार्यलयको उद्घाट समारोहमा बोल्दै नगर प्रमुख श्रेष्ठले स्थानियलाई सहज तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले स्थानिय क्षेत्रमै वडा कार्यलय र कर्मचारी राखिएकोले सुविधा रुपमा सेवा प्रवाह गर्न वडा कार्यलयलाई आग्रह समेत गर्नुभयो । उहाँ ले जनतामा नगरपालिका र जनप्रतिनिधिका विषयमा कुनै कुरा जान्न चाहना लागेमा र केहि योजनाहरु भएमा नगरपालिकामा आएर आफ्ना कुरा राख्न सक्ने बताउनुभयो । यस्तै कार्यक्रममको विशिष्ट अतिथि रहनुभएका नगर उपप्रमुख पार्वता तिवारीले स्थानियकै लागि सरकार स्थानिय क्षेत्रमा आएको हुदा सेवा प्रवाहलाई सरल र सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । वडा कार्यलय उद्घाट कार्यक्रममा राजनितिक दलका वडा सभापति एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरुले राज्यले स्थानियतहमा सुविधा प्रदान गरेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा बोल्दै कार्यक्रममा वडा अध्यक्ष माधव केसीले वडामा सेवा लिन आउनेलाई वडाले सरल र सुविधा रुपमा कार्य सम्पादन गर्न सहयोग गर्ने बताउनुभयो । वडा कार्यलय उद्घाट कै अवसरमा दिव्य यूवा समाज दुम्कौलीलाई वडा कार्यलय निर्माणका लागि जमिन उपलब्ध गराएकोमा सम्मान समेत गरेको थियो । यस्तै जेष्ठ नागरिकलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा वडा सदस्या दुर्गा पौडेलको स्वागत मन्तव्य रहेको थियो भने वडा सचिवले कार्यक्रम संञ्चालन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस