२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा माछा मार्ने क्रममा नारायणीमा डुबेर १ जना महिलाको मृत्यु

२०७८ आश्विन २१, बिहिबार प्रकाशित ( साल अघि) ३१८८ पाठक संख्या

कावासोती । नवलपुरमा माछा मार्ने क्रम नदिमा डुबेर एक जना महिलाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका – १५ निवासी होमनारायण बोटेकी श्रीमती ४९ बर्षीया मिनाकुमारी बोटेको नारायणी नदिमा माछा मार्ने क्रममा नदीमा डुबेर मृत्यु भएको छ ।
प्रहरी चौकी कोल्हुवाका अनुसार डुंगामा माछा मार्न जाने क्रममा नारायणीको बीच भागमा बालुवा थुप्रिएको ठाउँमा डुंगाबाट झरी खोला तर्ने क्रममा उनको नदीले बगाएर निधन भएको हो ।

नदी तर्ने क्रममा नदीले बगाएर वेपत्ता भएको उनको भोलि पल्ट मात्र शव फेला परेको थियो । मृतकको शव मध्यविन्दु जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%४%१०%१%

प्रतिक्रिया दिनुहोस