२०८२ माघ ६, मंगलबार
नयाँ
पछिला अपडेट

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्षको निर्माणाधीन घरको ४ तलाबाट खसेर मृत्यु

२०७८ आश्विन २१, बिहिबार प्रकाशित ( साल अघि) ६३३ पाठक संख्या

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले घरबाट हाम फालेर आत्महत्या गरेका छन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा उनले काठमाडौं महानगरपालिका ४ स्थित गौतम अग्रवालको  निर्माणाधीन घरको ४ तलाबाट बाट हाम फालेका हुन्। त्यस क्रममा घटनास्थलमै उनकाे मृत्यु भएको एसपी बस्नेतले बताए।

पोस्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनी मानसिक तनाव (डिप्रेसन) मा रहेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनले हाम फालेकाे सीसीटीभीमा देखिएकाे छ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस