२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

चौराहामा दिव्य नवरात्री ब्रतमहोत्सव भव्य रुपमा मनाउने तयारी

२०७८ आश्विन २०, बुधबार प्रकाशित ( साल अघि) १२४३ पाठक संख्या

चौराहा । नवदुर्गा भवानीको विजय उत्सव सँगै दिव्य नवरात्री ब्रतमहोत्सव एवम् विजयादशमीको पावन उपलक्ष्यमा श्री नवदुर्गा भगवती मन्दिर मध्यविन्दु न.पा- ३ चौराहामा भव्य रुपमा मनाउने तयारी गरीएको छ। हरेक वर्ष झै यस वर्ष पनि चौराहामा “नवदुर्गा भवानीको विजय उत्सव” मनाउने तयारी तिव्र पारीएको दुर्गा मन्दिरका मूल आयोजक समितिले जनाएको छ ।

मध्यविन्दुको चौराहामा यहि असोज २१ गते देखि २९ गतेसम्म चल्ने नवरात्र हाम्रा रिती रिवाज, परम्परा, दिव्य नवरात्री ब्रतमहोत्सव एवम् श्रीमद्देवी भागवत महापुराण (शक्ति कथा), धर्मीक भजन,संकृतन झल्कने खालका कार्यक्रम विच भव्य रुपमा मनाईन लागीएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टापेन्द्र सेन ठकुरीले जानकारी दिनुभयो । कामको सम्पुर्ण तयारी पूरा गरिएको छ । भोली अथार्त घट्स्थापनाको दिन विहान ८ वजे कलश यात्रा सहित समाजसेबी विष्णु कुमार कार्कीद्धारा उत्घाटन गर्ने तयारी रहेको अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।

Received_396222618883009

यस दुर्गा मन्दिरमा श्रीमद्देवी भागवत महापुराण भागवतलङ्कार पं. प्रमुख बाचकका रुपमा पण्डित श्रीबाल ब्यास कृष्ण शरण उपाध्याय र उप- बाचकका रुपमा शास्त्री पण्डित अभिषेक अर्याल रहेका छन्।

बाल ब्यास कृष्णको मुखारविन्दबाट संगीतमय शैलीमा बाचन हुने र पुजा अवधीभर धार्मिक प्रवचन र भक्तिसंगित, सामुहीक रुद्री, ग्रहजप लगायतका कार्यक्रम गरिने समितिले जनाएको छ ।

Received_453483332694202

त्यसैगरी प्रत्यक दिन विहान ६ बजेदेखि ८ बजे सम्म पुजा आरति, ८ बजेबाट १२ बजे सम्म पाठ परायण १ बजे देखि ५ बजे सम्म कथा प्रवचन र साझ ७ बजे देखि १० बजे सम्म माहात्म्य तथा रात्रिकालिन भजन कृतन गरिने बताईएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%

प्रतिक्रिया दिनुहोस