२०८१ बैशाख २८, शुक्रबार
नयाँ
पछिला अपडेट

गैंडाकोट नगरपालिकाको सभापतिमा युवा नेता बद्री सापकोटा विजयी

२०७८ आश्विन १३, बुधबार प्रकाशित ( साल अघि) १२२२ पाठक संख्या

गैंडाकोट । नेपाली काँग्रेस गैंडाकोट नगर सभापतिमा युवा नेता बद्री सापकोटा विजयी भएका छन् । निर्वाचन समितिले दिएको अन्तिम मतपरिणाम अपडेट अनुसार सापकोटाले ३१३ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी खेमराज सापकोटाले १५५ मत प्राप्त गरे ।

त्यस्तैगरी उपसभापति पदमा तोकिएकै संख्यामा मात्रै उमेदवारी परेपछि यसअघि नै सभापति पदमा विजयी बद्री सापकोटा प्यानलमा रोशनभक्त अधिकारी र राजेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भैसकेका छन् ।

नगरसचिवमा पनि बद्री सापकोटा प्यानलकै गोविन्द घिमिरे र कृष्ण मुरारी खनाल विजयी भएका छन् । खसेको कुल मतमध्ये घिमिरेले ३३३ र खनालले ३१४ मत प्राप्त गरे । त्यसैगरी सचिव पदका प्रत्यासी हरीराम सापकोटाले १९० मत प्राप्त गरे ।

नगर कार्यसमितिको सहसचिवमा बुद्धीप्रसाद न्यूरे र रत्न बहादुर बोहोरा निर्वाचित भएका छन् । उनिहरुले क्रमशः २८८ र २४९  मत प्राप्त गरे । सहसचिव पदमै उमेदवारी दिएका कृष्ण सापकोटा र रोजेन्द्र प्रसाद गौडेलले क्रमशः १६५ र १४० मतमा चित्त बुझाए ।

सभापति सहित कार्यसमितिमा सबैजसो बद्री प्यानलनै विजयी भएको छ । सभापतिमा विजयी भएका सापकोटा कांग्रेस महामन्त्री डा। शसांक कोईराला निटकका मानिन्छन भने सभापति पदका प्रत्यासी खेमराज सापकोटा नेता महेन्द्रध्वज जिसी निकट मानिन्छन्।

Received_289934532659600

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस