२०८१ बैशाख २८, शुक्रबार
नयाँ
पछिला अपडेट

काँग्रेस महाधिवेशन : डिल्लीराम कडरिया देवचुली नगरसभापतिमा विजयी

२०७८ आश्विन १२, मंगलबार प्रकाशित ( साल अघि) ७२८ पाठक संख्या

देवचुली । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत देवचुली नगरपालिकाको नगर सभापतिमा डिल्लीराम कडरिया विजयी हुनुभएको छ। निकटतम प्रतिद्वन्दी रविलाल सापकोटालाई गोलाप्रथाबाट पछि पार्दै विजयी हुनुभएको हो ।

आज भएको निर्वाचनमा दुवै उम्मेदवारको मत बरााबर भएपछि गोलाप्रथा गरिएको हो । दुवै उम्मेदवारले समान १ सय ४७ मत प्राप्त गरेका थिए ।

यससँगै उपसभापति पदमा हरिभक्त भट्राई १ सय ५८ मतका साथ र भोजेन्द्र बहादुर रायमाझी १ सय ३७ मतका साथ विजयी भएको छन भने सचिवमा भुपराज पाठक १ सय १७ मतका साथ र सुन्दर पाण्डे १ सय ३० मतका साथ विजय भएका हुन ।

त्यस्तै सहसचिवमा खेम सारुले १ सय ६५ मत प्राप्त गरेका थिए भने अर्की उम्मेदवार तनुजा महतो चौधरीले २ सय ३३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस