२०८३ श्रावण २७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाली कांग्रेस अधिबेशनः बौदीकालीमा केवी राना सभापति निर्वाचित

२०७८ आश्विन १२, मंगलबार प्रकाशित ( साल अघि) १८१७ पाठक संख्या

कावासोती । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबारदेखि  गाउँ र पालिका अधिवेशन सुरु भएको छ। सोही अन्तर्गत बौदीकालीमा मंगलबार सम्पन्न गाउँ अधिवेशनबाट सभापतिमा केवी राना निर्वाचित भएका छन्।

निर्वाचनमा रानाले मनबहादुर सारुलाई १७ मतान्तरले पछाडी पार्दै गाउँ कार्य समितिको सभापतिमा निर्वाचित भएका हुन् । रानाले ५५ मत पाउँदा सारुका पक्षमा ३८ मत परेको थियो ।

बौदीकाली काँग्रेस कार्य समितिको पदाधिकारी सहित सदस्यहरु भने निर्विरोध चुनिएका छन् ।

उपसभापतिमा डिल्लीराम राना र मिनकुमार सारु चुनिएका छन् ।सचिवमा राजु कंडेल र केशवराज ओझा तथा सहसचिवमा दानबहादुर मश्राङ्गी र यमबहादुर थापा निर्विरोध निर्वाचित भएका बौदीकाली वडा नं। २ का काँग्रेस सभापति डिलकुमार श्रेष्ठले जानकारी गराए ।

सभापतिमा निर्वाचित राना जिल्लामा महेन्द्रध्वज जिसी निकट मानिन्छन् । कुल ९९ मतदाता रहेकामा ९३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%२%

प्रतिक्रिया दिनुहोस