२०८१ बैशाख २७, बिहिबार
नयाँ
पछिला अपडेट

कांग्रेस हुप्सेकोट गाउँपालिका सभापतिमा राना , प्यानलै विजयी

२०७८ आश्विन ११, सोमबार प्रकाशित ( साल अघि) २१७१ पाठक संख्या

कावासोती । नेपाली कांग्रेस हुप्सेकोट गाउँ कार्यसमितिको सभापतिमा बलबहादुर राना निर्वाचित भएका छन् ।

सोमबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट सभापतिमा राना निर्वाचित भएका हुन् । उनले निकटतम ओमनसिं रजालीलाई २४ मत अन्तरले पराजित गरेका हुन् ।

FB_IMG_1632754526549

सभापति रानाले ६७ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी रजालीले ४३ मत प्राप्त गरेका थिए ।

त्यस्तै कार्य समितिको उप-सभापतिमा टोपबहादुर सेन र दलबहादुर सोती निर्वाचित भएका छन् ।

सचिवमा आषिश रेग्मी , धनबहादुर गुरुङ  र  स-सचिवमा भीमबहादुर सारु मगर र चित्रबहादुर राउत निर्वाचित भएका छन् ।

Received_191767576394532

निर्वाचित बलबहादुर रानाको पुरै प्यानलनै निर्वाचित भएका छन् । प्यानलनै निर्वाचित हुने समूह भने नेता विष्णुकुमार कार्की निकट समुह हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%४%३%

प्रतिक्रिया दिनुहोस