२०८१ बैशाख २८, शुक्रबार
नयाँ
पछिला अपडेट

जिल्लाका अधिकाशं पालिकामा मनोनय दर्ता चलि रहदा बुलिङटारमा सर्वसम्मत

२०७८ आश्विन ११, सोमबार प्रकाशित ( साल अघि) १२६६ पाठक संख्या

कावासोती  । नवलपुर जिल्लाका अधिकांश पालिकामा मंगलवार चुनावका लागि रस्सा कस्सी चलि रहेका बेला नवलपुर कै बुलिङटारमा कार्यसमिति सर्वसम्मत भएको छ ।

बुलिङटार गाउँपालिकाका लागि सभापति ओमकुमार श्रेष्ठ सर्वसम्मत हुनुभएको छ । उप–सभापतिमा शेरबहादुर खाँण ठकुरी र मिनबहादुर आलेमगर,

सचिवमा मनप्रसाद भाट र प्रदीप कंडेल तथा सह–सचिवमा सोमबहादुर पुलामीमगर र कान्तबहादुर आलेमगर सर्वसम्मत भएको निर्वाचित उप–सभापति शेरबहादुर खाँण ठकुरीले जानकारी दिनुभयो । जिल्लाका अरु पालिकामा भने मनोनयन दर्ता कै प्रकृयामा रहेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस