२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरको मध्यविन्दुका १ जना युवा खैरो हेरोइन सहित पक्राउ

२०७८ आश्विन ११, सोमबार प्रकाशित ( साल अघि) २८६० पाठक संख्या

कावासोती । काठमाडौं महानगरपालिका ३० ज्ञानेश्वरस्थित सडकबाट २ सय ५० ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका ३ बसुन्धारा बस्ने नवलपरासी पुर्ब मध्यबिन्दु नगरपालिका ८ घर भएका २१ वर्षीय सौरभ लम्साललाई गत बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो।

थप अनुसन्धानको क्रममा उक्त ब्राउनसुगर काठमाडौं महानगरपालिका ३० ज्ञानेश्वर बस्ने मोरङ उर्लाबारी नगरपालिका २ घर भएका ३३ वर्षीय संगम तामाङबाट खरिद गरी ल्याएको खुल्न आएपछि सोही महानगरपालिका ३० ज्ञानेश्वरबाट बा ७० प २४९२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका तामाङलाई समेत २७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%५%६%

प्रतिक्रिया दिनुहोस