२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

काँग्रेसको बर्दघाट नगर कार्य समितिमा जिसी प्यानल विजयी

२०७८ आश्विन १०, आईतबार प्रकाशित ( साल अघि) ९९१ पाठक संख्या

बर्दघाट । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत आसन्न बर्दघाट नगरकार्यसमितिका लागि भएको चुनावी प्रकृया मार्फत दामोदर जिसिको प्यानल विजयी भएको छ ।

 

जिसीले शम्भुलाल श्रेष्ठको भन्दा ५८ मत बढि प्राप्त गर्नु भएको थियो । कुल ३२८ मत मध्ये जिसीले १९३ र श्रेष्ठले १३५ मत प्राप्त गरेका थिए ।

नवलपरासी जिल्लामा महाधिवेशनकालागि देवेन्द्र राज कण्डेल र विक्रम खनाल विचको गुट चुनावी मैदानमा गएका थिए ।

 

जसमध्ये दामोदर जिसी खनाल पक्षका मानिन्छन । जिसी यस अघिको समितिमा उपसभापति पदमा रहेका थिए भने श्रेष्ठ सभापतिमै रहेका थिए ।

 

जिसीले आफ्नो काधमा थप जिम्मेवारी आएको बताउदै पार्टिलाई एक ढिक्का बनाएर लाने बाँचा गर्दै सम्पूणलाई धन्यवाद व्यक्त गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस