२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

जनताको समस्यालाई नजिकैबाट निहाल्न सक्नुपर्ने: उर्जामन्त्री आचार्य

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित ( साल अघि) ८८५ पाठक संख्या

देवचुली । आँफुले बनाएको नितिनियम अनुसार जनतालाई सुविधा दिन सक्नुपर्ने गण्डकी प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री हरिशरण आचार्यले एक कार्यक्रमका बिच बताउनुभएको छ ।

बिहिबार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका वडा नं १५ मा रहेको अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अवलोकन गर्दै मन्त्री आचार्यले पदमा आइसकेपछि जनताको समस्यालाई नजिकैबाट निहाल्न सक्नुपर्ने बताउनुभएको हो ।

उहाँले जनताको समस्यलाई समाधान गर्न नवलपुर जिल्लाबाट सुरुवात गरि गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुग्ने योजना रहेको बताउँदै जनताको घरमा संघियता आइपुगेको छ भन्ने कुराको प्रत्यक्ष अनुभूति गराउन चाहेको मन्त्री आचार्यले बताउनुभयो ।

यसैगरि उहाँले तत्काल पहिलो चरणमा “एक घर एक धारा” कार्यक्रमलाई योजनाबद्ध रुपमा अगाडि बढाइने जानकारी दिनुभएको छ । साथै यो आर्थिक बर्षमा खानेपानीका सम्पूर्ण आयोजनाहरुलाई सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।No description available.
उहाँले संघियता पक्षधर भएपछि सबैले आ–आफ्नो कार्यक्षेत्रमा अनुशासन रुपले कर्तव्य पालन गर्न सक्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गोपी कंडेलले खानेपानी संस्थामा निर्माणाधीन खानेपानीका आयोजनाहरु, सिँचाईका आयोजनाहरु र नदि तथा खोलाले कटान गरेका समस्याहरुलाई समाधान गर्नका लागि मन्त्री आचार्यलाई आग्रह गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस