२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु काँग्रेस सभापतिमा भण्डारी र गुरुङ बिच प्रतिस्पर्धा हुने

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित ( साल अघि) १२३५ पाठक संख्या

चोरमारा । नेपाली कांग्रेसको असोज ११ गते हुने १४ औँ महाधिवेशन अन्तर्गत मध्यविदु नगरपालिकामा २ प्यानल तयार भएका छन्।

हालका सभापति दोमन भण्डारी पुनः सभापतिमा दोहोरिन उम्मेद्वारी दिएका छन् भने कुलबहादुर गुरुङले पनि सभापति पदमा प्यानलसहित उम्मेद्वारी घोषणा गरेका छन् । गुरुङ महेन्द्रध्वज जिसि निकटका हुन् भने भण्डारी बिष्णुकुमार कार्की पक्षका हुन् ।

दुवै समूहले एक कार्यक्रमका बीच प्यानल घोषणा गरेका हुन्। भण्डारी प्यानलमा उपसभापतिमा पर्शुराम थारु र जित बहादुर थापा , सचिवमा तिलक न्यौपाने र हरी बस्ताकोटी सह सचिव बिफला महतो र टेक बहादुर ढेंङ्गा रहेका छ्न ।

यसैगरी, गुरुङ प्यानलमा उपसभापतिमा योगमाया महतो र हिराध्वज कुमाल, सचीवमा कृष्ण भण्डारी र रामचन्द्र थापा “विशाल”, सहसचिवमा केवल प्रसाद नेपाल “सुनिल” र रामप्रसाद ढकाल रहेका छ्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%१%

प्रतिक्रिया दिनुहोस