२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नेपाली कांग्रेसको ९ असोजको पालिका अधिवेशन नरोकिने

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित ( साल अघि) ८६६ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसले ९ असोजका लागि निर्धारित गरिएको अधिवेशन नरोक्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकले ९ असोजका लागि तय गरिएको पालिका अधिवेशन नरोक्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘पालिका अधिवेशन ९ असोजका लागि यसअघि नै तय गरिएको छ’, उनले भने, ‘ सोही मितिमै हुनेछ । तर, जिल्लाको समन्वयमा केन्द्रीय निर्वाचन समितिको अनुमतिमा भने एक दुई दिनपछि गर्न सकिनेछ ।’

हिमाली जिल्लाको दशैंअघि नै अधिवेशन सक्ने तयारी गरिएको उनले बताए । साथै १३ जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद पनि समाधान गर्न गठित समितिले टुंग्याउने प्रवक्ता शर्माले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस