२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

त्रिशुली नदीमा कार खस्दा तीन जना बेपत्ता

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित ( साल अघि) ८४७ पाठक संख्या

चितवन । त्रिशुली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । पृथ्वी राजमार्गको मुग्लिननजिक सडकबाट बिहीबार ग २ च ४९१८ नम्बरको कार त्रिशुलीमा खसेको चितवन प्रहरीले जनाएको छ।

बिहीबार राति ११ : ४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हाे । कारमा चालकसहित चार जना सवार थिए ।

बेपत्ता हुनेहरूमा पाेखरा महानगरपालिका-१७ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस