२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मलाई सरकारले बदनाम गरायो !

२०७८ आश्विन ७, बिहिबार प्रकाशित ( साल अघि) ५८१ पाठक संख्या

मित्र पाठक ” काचुलि ”                                              अलिअलि काम अलिअलि घुमघाम
म यसै रमाइरहेको थिएँ
मेरो साढे साती सुरु भए झैँ लाग्यो
फ्याट्ट सरकारले एउटा निम्तो पठायो
र मेरो इमानको धज्जी उडायो!

थोरै कमाइ, थोरै मनोरञ्जन
केही नाम, केही दाम
म मस्त थिएँ
आफ्नै दुनियाँमा
फ्याट्ट सरकारको एउटा प्रेमपत्र  आयो
र अचानाक त्यो पत्रले
मेरो इज्जतको खिल्ली उडायो!

मैले पुरस्कार पाउन काम गरिनँ
मलाई कुनै लोभ लालच र मोह थिएन
सन्तोषम परम् सुखम्
यहि बुझेको थिएँ मैले
तर सरकारलाई
मलाई उसकै बनाउन मन लागेछ
म उसकै हुँ भन्ने भ्रम जागेछ
मलाई समारोहको  सुपारी दियो
तमाम निष्ठावान देशप्रेमीहरुको
मन दुखाएर
केही वास्तविक राष्ट्रप्रेमी
ग्रहण योग्यहरुको बीचमा
मलाई घुसाएर
सबैले देख्ने गरेर
तक्मा पहिराइदिएर
यो वर्षकै उत्कृष्ट जोक बनाएर
सरकारले मलाई बदनाम गरायो!

लौ न हजुर लाज भो
मलाई सान्त्वना दिस्यो
सरकारले मलाई पङ्गु बनायो!

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस