२०८१ बैशाख ३०, आईतबार
नयाँ
पछिला अपडेट

लोकप्रिय कलाकार बिष्णु पाण्डेको नयाँ गीत बजारमा

२०७८ आश्विन ४, सोमबार प्रकाशित ( साल अघि) १३५३ पाठक संख्या

काठमाडौं । बिगत लामो समय यता नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि जुटिरहेका कलाकार बिष्णु पाण्डेले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “निलो गगन” बोलको गीत सार्बजनिक गरेका छन् । बिष्णुको स्थायी घर नवलपरासी दलदले हो, उनि अहिले रोजगारीको सिलशिलामा कोरिया रहेकाछन । कोरियामा रहेर पनि विष्णुले हाल सम्म करिब ८ भन्दा बढी गीतहरु बजारमा ल्यासकेका छन् । शंख्यात्मक भन्दा पनि गुणस्तरीयलाई बिस्वाश गर्ने उनको यस अघिका प्रस्तुतिलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले रुचाई सकेका छन् ।

भर्खरै मात्र बजारमा आएको बिष्णु पाण्डेको “निलो गगन” बोलको गीतलाई महेन्द्र भण्डारीले लय तयार पारेका हुन् भने शब्द गणेश अधिकारीको रहेको छ । स्वर यस गीतमा बिष्णु पाण्डे संगै सुनिता बुढा क्षेत्रीको सुन्न सकिन्छ । निकै रोमान्चक स्वादमा बजारमा आएको यस गीतको साथमा पाण्डेले सम्पूर्ण नेपालीहरुलाई बिजया दशमी तथा दिपावलीको शुभकामना ब्यक्त गरेका छन् ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, लोमस शर्मा, टिका र जुनुको कार्शक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन स्मृति तिमल्सिना (गुरुआमा) गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतको भिडियोलाई ड्रोन च्यांग्बा लामाले चलाएका हुन् भने मेकअप सरोज बुढाथोकीको रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%

प्रतिक्रिया दिनुहोस