२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा नेपाली कांग्रेसद्वारा बृहत् सरसफाई कार्यक्रम

२०७८ आश्विन ३, आईतबार प्रकाशित ( साल अघि) १७२५ पाठक संख्या

कावासोती । संविधान दिवसको दिन पारेर आज नेपाली कांग्रेस कावासोती नगरपालिका वडा नम्बर १५ का कार्यसमितिले गुन्द्रही खोला पुल लगायत आसपासका क्षेत्रमा बृहत् सरसफाई कार्यक्रमको आयोजना गरियो ।

भारी वर्षाका कारणले पुलको अस्तित्व नै खतरामा भएकाले यसको जगेर्ना गर्नको लागि पनि यो सरसफाई कार्यक्रम आयोजना गरिएको वडा सभापति रोमा कान्त पाण्डेले जानकारी दिनुभयो ।

Received_1500993036920796

गाउँको सरसफाइ गर्ने हामी सबैको दायित्व हो “आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने र यहाँ नगरे कहाँ गर्ने’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा पार्टीमा आबद्ध पदाधिकारी तथा सकृय सदस्यहरुको सहभागिता रहेको थियो ।

पुलको किनारामा देखिएको फोहर सङ्कलन गरी आवश्यक व्यवस्थापन गरिएको थियो । युवा नेता क्षेत्रीय प्रतिनिधि कृष्ण रिमालले पुलको रेलिङमा ब्यानर लगाएर कार्यक्रमको शुभारम्भ गर्दै प्राकृतिक स्रोतसाधनको संरक्षण र उपयोगका युवाशक्तिको सक्रियता भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।

Received_543086976995106

कार्यक्रममा बोल्ने कर्मै उहाँले राजनीतिलाई रचनात्मक कार्यक्रमसँग जोड्ने आवशयक रहेको पनि बताउनु भयो।

सरसफाई कार्यक्रम युवा नेता शंकर तिवारी, वडा सभापति रोमा कान्त पाण्डे, कार्यसमितिका सदस्यहरु, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य  एवं आम जनताको सहभागिता थियो ।

उनीहरुले बाटो तथा पुलको आसपासमा जथाभावी फ्याकिएका प्लास्टिक तथा सिसाजन्य फोहोर संकलन गरि सरसफाई  गरिएको थियो ।

Received_1330028044078461

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%४%२%

प्रतिक्रिया दिनुहोस