२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

जन्मदिनको अवसरमा यादवद्वारा बिद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग  

२०७८ आश्विन २, शनिबार प्रकाशित ( साल अघि) १४०८ पाठक संख्या

परासी – पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न ३ बस्ने समाजसेवी अनोज यादवले आफ्नो जन्मदिनको अवसरमा जिवन ज्योति प्राबि झुलनी पुरका अति बिपन्न ,जेहेन्दार बिद्यार्थीहरुको लागि झोला ,कापि ,कलम उपलब्ध गराउनका लागि आज बिद्यालयलाई १० हजार रुपैया सहयोग गर्नु भएको छ

बिद्यालयले भोलि बिद्यार्थी हरुलाई छनौट गरि शैक्षिक सामाग्री उपलब्ध गराउने बिद्यालयका प्राधानाध्यापक घनश्याम सिहले बताउनुभयो ।

सहयोगी यादवको जन्म बि.स.२०५२/ ०६ / २ गते सोमनीमा भएको हो । बुवा चन्द्रिका यादव र आमा रमावति देबी यादवको कोख बाट जन्म लिएका यादव लामो समय देखि जनताहरुको सेवाका लागि समाजिक काममा खटिरहनुभएको छ ।

उहाले प्रत्येक बर्ष जन्मदिनको अवसरमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%६%१%१%

प्रतिक्रिया दिनुहोस