२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

देवचुलीमा मोटरसाइकल दुर्घटना हुँदा १ जना गम्भीर घाईते

२०७८ आश्विन १, शुक्रबार प्रकाशित ( साल अघि) २१७३ पाठक संख्या

देवचुली । नवलपुरको देवचुली नगरपालिका वाडन नम्बर ८ अवस्थित मुस्कान चोक नजिकै भित्री सडकमा गएराती भएको मोटरसाइकल दुर्घटनामा परि एक जना गम्भीर घाईते भएका छन् ।

रातीको समयमा करिब ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३२ प ५८६७ को मोटरसाइकल आँफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो दुर्घटना  भएको थियो ।

दुर्घटनामा परि देवचुली ९ बिशालटारका अलबिन थापा मगर गम्भीर घाईते भएका छन् । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते अलबिनको देवचुली अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागी भरतपुर पठाईए पनि भरतपुरले नसके पछी काठमाडौं रिफर गरेको अस्थाई प्रहरी पोष्ट दलदलेला प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१२%१%

प्रतिक्रिया दिनुहोस