२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणगढमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

२०७८ भाद्र २८, सोमबार प्रकाशित ( साल अघि) ८०१ पाठक संख्या

चितवन । नारायणगढको लायन्सचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

दाङबाट सिमेन्ट लोड लिई जनकपुरतर्फ गईरहेको ना ८ ख ६२४९ नम्बरको ट्रकले बिपरित दिशाबाट आई रहेको ना ३९ प २०९३ नम्बरको मोटर साईकललाई ठक्कर दिंदा मोटरसाइकल चालक  चितवनको रत्ननगर न.पा.१० बस्ने बर्ष ३१ का यदुराज पौडेल गम्भिर घाईते भएकोमा उपचारको लागि जिल्ला अस्पताल भरतपुर तर्फ लादैगर्दा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो ।

मृतकको शव भरतपुर अस्पताल भरतपुरमा राखिएको र ट्रक तथा  ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस