२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर प्रहरीद्वा्रा चोरीका १६ वटा मोटरसाईकल सहित ६ जना पक्राउ

२०७८ भाद्र २८, सोमबार प्रकाशित ( साल अघि) ३२२३ पाठक संख्या

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले ठूलो संख्यामा चोरीका मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीका अनुसार बिभिन्न स्थान बाट चोरी भएका १६ वटा मोटरसाइकल सहित चोरी कार्यमा संलग्न ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा मध्यबिन्दु १० बस्ने बर्ष २९ का मुकेश थापा, दिल बहादुर सोती मगर,जिल्ला पाल्पा निस्दी गाउँपालिका वडा नं. ७ बस्ने बर्ष २५ का खेम बहादुर सारु, बिनयी त्रिवेणी गाउँपालिका वडा नं. २ बस्ने बर्ष ३० को गंगा बहादुर मगर, वडा नं. ४ बस्ने बर्ष २३ का प्रेम बहादुर परीयार र सोही ठाउँका बर्ष २० को मिलन थापा रहेका छन् ।                                                                                                                उनीहरु विरुद्ध चोरी सम्बन्धि कशुरमा अनुसन्धान भई रहेको चोरीमा संलग्न रहेका अन्य व्यक्तीहरुको खोज तलास कार्य समेत जारी रहेको गिरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२६%१९%९%२%३%३%

प्रतिक्रिया दिनुहोस